काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा छन् । सर्वोच्च अदालतको आदेशबाट चौधरी साँढे ४ घण्टापछि रिहा भएका छन् । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो ।
सर्वोच्चको अनधिकृत पत्रका आधारमा बुधबार प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । चौधरीलाई पक्राउ गर्ने पत्र अनधिकृत भएको जनाउँदै सर्वोच्चले प्रहरी र कारागार प्रशासनलाई छाड्न अर्को पत्र पठाएको थियो ।
चौधरीलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका थिए ।
रेशमलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट आफैं पक्राउ परेका छन् । उनीमाथी सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गरिरहेको छ ।


0 comment