काठमाडौ- काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको लागी पठाइदिन्छु भनी ठगी गर्ने २ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा लाठमडौ जिल्ला वडानम्बर २ घर भएका बर्ष ५६ का सुजन कुमार उप्रेती र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ६ घर भैइ काठमाडौ चन्द्रागिरी नगरपालिका ६ बस्ने बर्ष २९ का उमेश गुरुङ्ग रहेका छन।
पक्राउ परेका सुजन कुमार उप्रेतिले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको थियो।पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं वडा नम्बर १ बाट पक्राउ गरेको हो।
त्यसै गरि पक्राउ परेका उमेश गुरुङ्गले रोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको थियो ।
प्रहरीले ठगी गर्ने व्यक्तिलाई काठमाण्डौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जि .सीले जानकारी दिनु भयो।


0 comment