काठमाडौं - सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् ।

अघिल्लो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई रिहाइका लागि पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताएका छन् ।

चौधरीलाई पक्राउ गर्न जारी भएको भनिएको पहिलो पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।