काठमाडौ-एक हप्ता अघि मन्त्रीपरिषदले ६ जना डिआइजीहरुलाइ एआइजीमा बढुवा  सिफारिस गरेको थियो । सिफारिसमा परेका डिआइजीहरुलाइ प्रहरी महानिरीक्षक दीपक थापाले मङ्गलबार दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै पदस्थापन गरेको छ।

चन्द्र कुबेर खापुङलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’मा पदस्थापन गरिएको छ । लालमणी आचार्यलाई कार्य विभाग, कृष्णहरी शर्मालाई प्रशासन विभाग, दान बहादुर कार्कीलाई मानवश्रोत विकास विभाग र राजन अधिकारीलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।
यश भन्दा पहिला खापुङ्ग केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’मा,लालमणी आचार्य मधेस प्रदेश,शर्मा बागमती प्रदेश प्रहरी कार्यालय,कार्की लुम्बिनी  प्रदेश प्रहरी कार्यालय,केसि प्रहरी  ताकिम केन्द्र महाराजगन्ज र अधिकारी कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।