काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले यार्सागुम्बा ब्यापारको नाउमा ठगी गर्ने एकजना ठगलाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला जाजरकोट नलगाड न.पा.वडा नं.७ दल्ली घर भई  हाल जिल्ला काठमाण्डौ वडा नम्बर २६ ठमेल बस्ने  बर्ष ४१ का दिपेन्द्र सिह रहेका छन।

   सिहले  सामाजिक सञ्जाल Facebook मार्फत साथी भई कुराकानी गरी आफु पूर्व प्रहरी हाल अमेरिकाबाट फर्केर यार्सागुम्बा खरिद बिक्री गर्ने व्यवसाय गरी रहेको छु, यस व्यवसायमा लगानी गर्दा राम्रो नाफा हुन्छ भनी झुक्यानमा पारी, प्रलोभन देखाई  ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
पटक पटक गरी रु.३६ लाख २ हजार  रकम पठाउन लगाई ठगी गर्व्क थिए । ठिगी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिलाइ  काठमाण्डौ महानगरपालिका वडा नं. २६ ठमेल स्थित ठमेल दोहोरी साँझबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौ पठाईएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जि.सीले जानकारी दिनु भयो।

पक्राउ परेका सिहको पहिला पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रकम बराबरको बैंकिङ कसुरको मुद्धा रहेको,जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीमा भर्ती गराई दिने भनी १० लाख रकम बराबरको ठगी मुद्धा रहेको,
ईलाका प्रहरी कार्यालय कोहलपुरमा नेपाली सेनामा भर्ती गराई दिने भनी लाख रकम बराबरको ठगी मुद्धा रहेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।