काठमाडौं - नेपाल प्रहरीले ठूलो संख्या एसपीको सरुवा गरेको छ। सोमबार (आज ) ६३ जना प्रहरी उपरीक्षक एसपीहरूको सरुवा गरिएको हो।
सरुवाअनुसार अनन्तराम शर्मालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ। यस्तै, अनुपम श्रेष्ठलाई पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा, जनकपुर धनुषामा अमरेन्द्र बहादुर सिंहको सरुवा गरिएको छ।
यसैगरी, खड्क बहादुर खत्री कञ्चनपुर जिल्लाको प्रहरी प्रमुखका रूपमा पठाइएका छन् भने ठाकुर प्रसाद पोखरेललाई लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुर बाँकेमा जिम्मेवारी दिइएको छ।
दधिराम न्यौपाने स्याङ्जा जिल्लाको प्रहरी कार्यालयमा सरुवा भएका छन् भने नारायण प्रसाद अधिकारीलाई गुल्मी जिल्लाको प्रहरी प्रमुख बनाइएको छ।
नेपाल प्रहरीको नियमित सरुवाअन्तर्गत गरिएको यो निर्णयले संगठनात्मक व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हेर्नुहोस् को-कहाँ भए सरुवा:









0 comment