काठमाडौ-जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले सहकारी ठगी कसुरका एकजना प्रतिबादिलाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका ४ साचकी घर भई हाल जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १० शिव मन्दिर कपन बस्ने वर्ष ४६ की माया राई रहेका छन।
सुमन खनाल समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष एवं संचालक गितेन्द्र बाबु राई समेत भएको ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा फरार प्रतिवादी राइलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका १० शिव मन्दिर कपनबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेकी राइलाइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट ३ दिन को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।


0 comment