पोखरा- पोखरा क्षेत्रकै चर्चित नक्षत्र बरिष्ठ गायक रामभक्त जोजिजु तथा गायिका इतु जोजिजु द्वारा स्वरबद्ध भजन "भगवत गीता" भिडियो एल्बमको पोखरा गैरापाटन स्थित पोखरा उद्योग बाणिज्य सघको हलमा आज सनिबार विशेष कार्यक्रमको आयोजना
गरि बिमोचन गरियो ।
एल्बमको भिडियो बिमोचन कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष प्रेम प्रसाद कर्माचार्यले म्युजिक भिडियोलाई पर्दामा प्रदर्शन गरेर बिमोचन गर्नु भयो।
जोजिजु इन्टरटेन्मेन्ट युटुब च्यानलले प्रस्तुत गरेको ७ मिनेट "भगवत गीता "भजनको रचनाकार स्वर्गीय तपस्वी भुवनेश्वर कोइराला रहेको छ भने सङ्गीत र सङ्गीत समिश्रण रामभक्त जोजिजुले गर्नु भएको थियो।
कार्यक्रमका बक्ताहरुले बिमोचित म्युजिक भिडियोले समुर्ण दर्शकहरुको मन जित्ने कुरामा द्विइमत नभएको बताउनु भयो।
त्यस्तै प्रस्तुत बिमोचित म्युजिक भिडियोलाइ सिनेमाटोग्राफर नवीन केसि र जीवन भुजेल साहायक निर्देशक लक्षमण डुम्रे,सहयोगि रबिन्द्र माकजु,छायाकार दीपेश केसि र सम्पादन तथा निर्देशन राम प्रसाद बास्तोलाले उत्कृष्ट तरिकाले निर्माण गर्नु भएको छ।
बिमोचित भिडियोलाइ जोजिजु इन्टरटेन्मेन्टले आजै १४ गते शनिबार देखि युटुब च्यानल मार्फत प्रदर्शनमा ल्याएको छ। आशा छ यस भजन श्रवण गर्ने सम्पुर्ण जनमानसको मन मष्तिस्कमा सकरात्मक उर्जा प्रदान गर्दै राम्रो स्थान बनाउने कुरामा आशा लिन सकिन्छ।
कार्यक्रममा समाजका बिभिन्न क्षेत्रका समाज सेवि महिला दिदी बहिनी तथा आमाहरुलाइ मयाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि भजन गीत सङ्ग आबद्ध प्राबिधिक तथा निर्मित म्युजिक भिडियोमा आबद्ध प्राबिधिक तथा कलाकारहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रमको अन्तमा "भगवत गीत"
एल्बमको भजनलाइ गायक रामभक्त जोजिजु र गायिका इतु जोजिजुले उपस्थित दर्शक माझ प्रत्यक्ष प्रस्तुत गर्नु भएको थियो।


1 comment
Anjana Chand शनिबार, १३ वैशाख, २०८२
आध्यात्मिक , दार्शनिक , ऐतिहासिक र सदाबहार गीत