काठमाडौं - सरकार र आन्दोलनरत शिक्षक बीच भएको आजको वार्ता बिना निस्कर्ष टुंगिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो ।
अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो पनि बैठकले गरेको छैन ।
आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बैठक बसेको थियो ।


0 comment