काठमाडौ -काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले ठगी आरोपमा ५ जना बङ्ग्लादेशी नागरिकहरुलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बंगलादेश चट्टोग्राम जिल्ला मोबारक गोना-४३२३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ कालीमाटीडोल बस्ने राहदानी नं. ए००८११९७४ बाहक वर्ष ५० को मोहम्मद मुस्तफाजु रहमानि,बंगलादेश चाँदपुर जिल्ला तोरागर, हाजिगंज-३६१० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ कालीमाटीडोल बस्ने राहदानी नं. ए१४३६८८८०बाहक वर्ष ४१ को मोहम्मद फरहाद हुसैन चौधरी,बंगलादेश चाँदपुर जिल्ला हाजीगाउँ, बाराकोल-३६१० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ कालीमाटीडोल बस्ने राहदानी नं. ए००१३४१६४ बाहक वर्ष ४६ को  अबु युसुफ हनिफ ,बंगलादेश मागुरा जिल्ला मागुरासदर थाना बेरोइल ग्राम वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ गौशाला बस्ने वर्ष ४७ को मिल्टन भन्ने काजी सहताब हुसैन,बंगलादेश बागिरथ जिल्ला सदर थाना कान्दापरा-९३०० घर भई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ गौशाला वस्ने राहदानी नं. बि ००१४७३७५ बाहक वर्ष ४० को आजिम मोलिकि रहेका छन।

बङ्गलादेशी नागरिकहरुलाई नेपाल हुँदै वैदेशिक रोजगारको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका देशहरूमा पठाउन सहज हुने भनी प्रति व्यक्ति ३,५०० अमेरिकन डलर लिई आउन भनि नेपाल बोलाई ठगी गर्ने गरेको भन्ने ब्यहोराको जाहेरी दरखास्त यस कार्यालयमा प्राप्त भए पश्चात खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।१० गते अं. २०:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगल कालीमाटीडोल स्थित शिव सताक्षी गेष्ट हाउस प्रा.लि.बाट उक्त कार्यमा संलग्न तपसिलमा उल्लेखित नाम थर भएका ५ जना बङ्गलादेशी नागरिकहरु लाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको।

 

यो ठगी गर्ने समुहले नेपालबाट बिभिन्न यूरोपिन मुलुकहरुमा पठाउँछु भनि बङ्गलादेशी नागरिकहरुलाई एजेन्ट मार्फत टुरिस्ट भिसामा नेपाल बोलाइ पिडितबाट प्रति व्यक्ति अमेरिकन डलर ३,५०० दरले लिने गरेका थिए।
गिरोहले १३ जना पिडितहरुबाट प्रति व्यक्ति अमेरिकन डलर ३५ सयका दरले जम्मा अमेरिकन डलर ४५ हजार ५ सय लिएको थियो ।

पिडितहरुबाट पैसा लिए पछि  सम्पर्क बिहीन भई नेपालमा अलपत्र पार्ने गरेको थियो। हाल सम्म उक्त समूहले ३८ जना पिडितहरुबाट रकम लिएको भन्ने खुल्न आएको  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक  अङ्गुर जि.सीले जानकारी दिनु भयो।