काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् । शुक्रबार मन्त्री पन्तले वार्ताका लागि आह्वान गरेपछि नेपाल शिक्षक महासंघ नेताहरू सिंहदरबार गएका हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा २५ सदस्यीय शिक्षक टोलीका लागि गेट पासको व्यवस्था गरेको छ । 

मन्त्री पन्त र आन्दोलनरत शिक्षकबीच आज छलफल हुन लागेको हो ।  

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । सर्वोच्च अदालतले पनि शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गरी तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश जारी गरेको छ ।