काठमाडौ-  काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्नो ट्राफिक कर्मचारीले एकजना सर्वसाधारणलाइ गरेको कुटपिटमा सलग्न ट्राफिक प्रहरी माथी बिभागिय कारवाही सिरु गरेको प्रेश विज्ञप्ती द्वारा जानकारी गराएको छ।

मिति २०८२ वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि निर्घात कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सन्जालमा पोस्ट भएको थियो। भिडियो भाइरल भए पछि काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको थियो । 

प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुल मुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको कुरा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय द्वारा प्रकाशित  प्रेस विज्ञप्ती द्वारा जानकारी गराएको छ।