काठमाडौ-काठमाडौ उपत्यका अपराध अनुसन्धा कार्यालयको टोलिले ज्यान मार्ने उद्योगमा फरार रहेका २ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहर्मा जिल्ला मकवानपुर हेटौडा उपमहा नगरपालिका वडा नम्बर  ३  घर भैइ हाल जिल्ला काठमाण्डौं काठमाडौ महानगरपालिका वडा नम्बर ६ बस्ने  वर्ष ३५;शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८  घर भएका वर्ष ४२ बाबु भन्ने कुवेर सिलवाल रहेका छन।

काठमाडौ जिल्ला गोठ्ठाटार पहेंलो पुल नजिक मन्दिर अगाडी शर्मिला वाईवा भन्ने शर्मिला राईलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाईते भएकी थिइन। घटना घाटाउनेहरु फरार भएका थिए।

 घट्ना पछि पिडित पक्षले प्रहरी वृत्त बानेश्वर काठमाण्डौंमा ज्यान मार्ने उद्योग कसूरमा जाहेरी दिएका थिए। जाहेरी दरखास्त दर्ता भई सम्मानित  काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त हुन आएकोमा  वारदात पश्चात फरार रहेका प्रतिवादीहरु मध्य पकराउ परेका मुख्य सिलवाल र श्रेष्ठलाइ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी प्रहरी वृत्त बानेश्वर पठाईएको काठमाडौ उपत्यका अपराध अनुसन्धा कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जि.सीले जानकारी दिनु भयो ।