काठमाडौ -जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले हत्या पछि फरार रहेका एकजनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछाप जिल्ला , खाँडादेवी गाउपालिका  ७ घर भई जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ९ सानागाउँ स्थित डेरा गरी बस्ने वर्ष ५८ को पदम बहादुर तामाङ रहेका छ्न।

तामाङ्गले धारिलो हतियार प्रयोग गरी निजको श्रीमती वर्ष ४५ की  पुतली माया तामाङको हत्या गरेका थिए।पदम बहादुर तामाङ्गले छोरा रिदम घिसिङ र छोरी संजिता घिसिङलाई घाइते बनाई फरार रहेको थियो। 
।
यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटसंग समन्वय गरी फरार तामाङ्गलाई जिल्ला नुवाकोट, शिवपुरी गाउँपालिका वडा नम्बर १ तलाखुबाट पक्राउ गरेको हो।

तामाङ्गलाइ नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।