२०८१ को छिन्नलता पुरस्कार गायक  रामभक्त जोजिजु र गायिका इतु जोजिजुलाइ प्रदान गर्ने भएको छ । छिन्नलता गीत पुरस्कार गुठी'का अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो ।

छिन्नलता गीत पुरस्कार भने गीत रचना तर्फ श्री राजेन्द्र रिजाल ,सङ्गीत तर्फ श्री आभास (अच्युत फुयाल ) त्यसै गरि युवा प्रतिभा पुरस्कार श्री एस.डि. योगीलाइ २०८१ सालको लोकप्रिय गीत 'रुकुममै कोट'को   स्वरका र सङ्गीतको लागि प्रदान गर्ने निर्णय गुठिको साधारण सभाले गरेको हो।

वि.सं. २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशी रु. १लाख रुपैयाँ तथा युवा प्रतिभा पुरस्कारको राशी रु.५० हजार रुपैयाँ रहेको छ । उल्लेखित पुरस्कारहरू गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह "छिन्नलता "को जन्ममिति आगामी हरिशयनी एकादशीका दिन २०८२ साल असार २२ गतेका दिन विशेष समारोहका बिच काठमाडौँमा प्रदान गरिने पुरस्कार गुठिले जनाएको छ ।