पर्सा-  पर्सा  जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १४ चिनीमिल आवास क्षेत्र स्थितमा बर्ष ४१ को हाल सेक्युरिटी गार्डमा काम गर्ने परिवर्तित नाम थर जिल्ला ३४, चिनीमिल आवास क्षेत्र (२) ले जेठी श्रीमती पट्टीको आफ्नै ‍नावालिका छोरी बर्ष १४ की जिल्ला ३४ लाई आफ्नै कोठामा जवरजस्ती करणी गरी कोही कसैलाई बताएमा मारिदिने सम्मको धम्की दिई वारदात हुनु पुर्व पनि पटक पटक करणी गर्दै आएको थिए।

आफ्नी छोरीलाई बलत्कार गर्ने बुवाको बिरुद्ध  यस कार्यालयमा पिडित बालिकाको आमाले दिएको जाहेरी दरखास्तको आधारमा परिवर्तित जिल्ला ३४ लाइ निजकै कोठाबाट  नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निज विरुद्द करणी सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-५  म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनु भयो।