काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले बैदेशिक रोजगारको लागि बिदेश पठाइ दिने भन्दै रकम असुल्ने ३ जनालाइ पज्राउ गरेको छ।पक्राउ पर्नेहरुमा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ३ घर भएका २७ वर्षिया  बिनिता पुरी  जिल्लाले बैदेशिक रोजगारको लागि आकर्षक तलबको लोभ देखाइ माल्टा पठाइ दिने भन्दै २ जना सङ्ग ४  लाख रुपैया लिएर सम्पर्क बिहिन भएका थिए।
त्यसै गरि काभ्रेपलाञ्चोक जिल्ला चौरीदेवराली गाउपालिका वडा नम्बर ६  घर भैइ हाल जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ३ बस्दै आएकी  ३२ वर्ष तारा गिरिले माल्टा पठाइने भन्दै २ जना सङ्ग गरि १२ लाख ८ हजार रुपैया लिएर सम्पर्क बिहिन भएका थिए।

 रुकुम  जिल्ला पश्चिम बाँफिकोट नगरपालिका वडा नम्बर १३ घर भैइ
 हाल  जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ३८ का
आदर्श के.सी.ले बैदेशिक रोजगारको लागि अमेरिका पठाइ दिने भन्दै ३ जना सङ्ग ९२ लाख रुपैया लिएका थिए भने रुकुम  जिल्ला पश्चिम आठबिसकोट  नगरपालिका वडा नमबर ७ घर भैइ हाल   जिल्ला भक्तपुर जगाती बस्दै आएका वर्ष ३८ का ईन्द्र कुमार रोकायले बैदेशिक रोजगारकोलागि फ्रान्स पठाइन्दिने भन्दै १ जना सङ्ग ८ लाख रुपैया लिएका थिए।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने  व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारि दिनु भयो।