काठमाडौ - काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलिले बिदेश भ्रमण गराउने भन्दै पैसा उठाएर बिदेश पुर्याइ अल्पत्र पारे सम्पर्क बिहिन भएको भन्दै एक जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुंगा  जिल्ला चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भैइ काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ बर्ष २७ का ईश्वर लुइटेल रहेका छन।

हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का संचालक ईश्वर लुइटेलले भारत, मलेसिया, सिंगापुर र दुबईमा भ्रमण गर्न लाई प्रति व्यक्ति रु.२ लाख ७० हजार लाग्छ भनी ४ जनाबाट जनही रू.२ लाख ७०हजारका दरले १० लाख ८० हजार लिएका थिए।लुटेलले नेपालबाट भारत, मलेसिया, सिङ्गापुर हुँदै दुबई पुर्‍याई खाना, बस्न समेतको पैसा नतिरि सम्पर्क बिहिन भई ठगी गरेको भन्ने  निवेदन काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा  आए पछि प्रहरीले पक्राउ गरेको हो ।

ठगी आरोपमा पक्राउ परेका हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का संचालक ईश्वर लुइटेल यस भन्दा पहिला पनि गुनु लामाको जाहेरीले ६ लाख रुपैया रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त सिंहदरबारबाट फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका लुटेलमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एंव कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौ भद्रकाली काठमाण्डौ पठाइएको प्रहरी उपरीक्षक अङ्गुर जि.सीले जानकारी दिनु भयो।