काठमाडौं- सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको हो ।
१५ सदस्यीय आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ । निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने जनाइएको छ । बैठकले गरेका अन्य निर्णय भने सार्वजनिक गरिएको छैन ।


0 comment