काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैदेशिक रोजगारीमा पठाइ दिन्छु भनेर ठगी गर्ने १ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला बारा जितपुर सिमरा  उपमहानगरपालिका वडा नं.१६
हाल  जिल्ला  ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर्व ४ बस्ने वर्ष २७ का उमेश भोलान रहेका छ्न।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ४ जनालाइ रोजगारीका लागि रसिया लैजाने भन्दै ३ लाख ४० हजार रुपैया लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको थियो।

पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौँ काठमाडौ महानगरपालिका वडा नम्बर १२ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको  काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जि.सीले जानकारी दिनु भयो।