काठमाडौं - सप्तरी निवासी ३३ वर्षिय उत्तर बहादुर राना मगर पेशाले भिडीयो छायाँकार र भिडीयो सम्पादक हुन् । सानो पर्दाको प्राविधिकको काम गर्दै आएका रानामगरले विदेशबाट क्यामेरा मगाउने वहानामा आफुलाइ ठगी गरेको पिडित मोनतेरोसा ट्रेकिङ्ग एण्ड एक्स्पिडिसन प्रालिका सन्चालक पर्यटन व्यवसायी गणेश न्यौपानेको भनाइ छ । 

सर्ट मुभी निर्माण गर्नको लागि विदेशबाट नयाँ भिडियो क्यामारा मगाउनु पर्ने र क्यामेरा नेपाल पुग्ने बितिकै रकम भुक्तान गर्ने विश्वाश दिलाएर गणेश न्यौपाने मार्फत भिडियो क्यामेरा मगाई बाँकी २ लाख ७५ हजार रुपैयाँ भुक्तान नगरी ठगी गरेर टोरोनटो इन्टरनेसल फिल्म फेस्टीभलमा भाग लिने भनी से्टेम्बर २०२३ मा रानामगर फरार भएका थिए । 

ठगी गरि फरार भएको डेढ वर्ष बितिसक्दा पनि राना मगर हालसम्म नेपाल नफर्किएको पिडित न्यौपाने बताउनु हुन्छ ।

ठगी गर्ने उत्तम राना मगरका भाइसँग सम्पर्क गर्दा दाजु उत्तमलाई खबर गरेको छु भुक्तान गर्न बाँकी रकम केही दिनमा पठाइदिन्छु भनेर आश्वासन मात्र दिँदै आइरहेको पिडितको भनाइ छ । 

रकम पाउनको लागी सम्पर्क गर्दा कल रिसिभ पनि नगर्ने र म्यासेज गर्दा जवाफ पनी नदिने गरेपछि पिडित गणेश न्यौपानेले अब उक्त रकम असुल गर्न कानुनी उपचारको लागि प्रहरीसम्म पुग्ने बताउनु भयो ।

क्यामेरा किन्ने वहानामा रकम ठगी गरेर फरार भएका उत्तम बहादुर राना मगर हाल क्यानाडामा बस्दै आइरहेका छन् ।