काठमाडौ- जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले मोबाइल फोन लुटपाट मा सलग्न ३ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा  जिल्ला सिन्धुली, सुनकोशी गा.पा १ घर भई हाल का.जि. का.म.न.पा ३२ जडिबुटी बस्ने वर्ष १८ को शिखरजंङ थापा भन्ने नवराज सुनुवार,जिल्ला धनुषा, तारापटी सिर्सिया गाँउपालिका ६  घर भई हाल काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका १० बस्ने वर्ष १८ को राज निष्ट यादव, जिल्ला रौतहट, गरुडा नगरपालिका २ घर भई हाल काठमाडौ जिल्ला बुढानिलकण्ठव १० कपन बस्ने वर्ष २७ को सुरेश ठाकुर हजाम रहेका छन ।

काठमाडौ महानगरपालिकाम ३ बसुन्धारामा मोटर साइकलमा आएका २ जना व्यक्तिहरुले जिल्ला चितवन घर भएका प्रेम तामाङको बा. २ ज. ३४५८ को टयाक्सीलाई रोकी ठमेलमा सामान लिन जाने भनि सोधि फोन गर्नका लागि मोबाइल लिई भागेका थिए। घटना पछि पिडितले दिएको  निवेदनका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटनामा संलग्न शिखरजंङ थापा भन्ने नवराज सुनुवार लगायतका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।                                      प्रहरीले पक्राउ परेका ब्यक्तिहरुबाट
बा.प्र. ०२-०४६ प ४८५२ नं. को MT 15 मो.सा. थान - १
OPO कम्पनीको मोवाइल थान - १
SAMSUNG कम्पनीको मोवाईल थान - १
VIVO कम्पनीको मोवाईल थान - १
पनि बरामद गरेको थियो।

पक्राउ परेका ३ जनालाइ  सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।