काठमाडौ-काठमाडौ जिल्ला प्रहरी परिसरको टोलिले  प्रहरी जवान पदको लिखित परीक्षामा सलग्न ६ जना नक्कली परिक्षार्थिहरुलाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा   जिल्ला दोलखा, जिरी नगरपालिका वडा नं ९ घर भई हाल काठमाडौको बालाजु बस्ने  वर्ष २३ को मोहन सुनुवार,जिल्ला कालिकोट, शुभकालिका गाउपालिका वडा नं ७ घर भई हाल का.जि लैनचौर बस्ने  वर्ष २४ को गोपाल शाही ,जिल्ला सुर्खेत, बिरेन्द्र नगर नगरपालिका वडा नं ५ घर भई हाल काठमाडौ जिल्ल्ला माछापोखरी बस्ने वर्ष २२ को मनोज शर्मा ,जिल्ला दैलेख, भैरवी गाउपालिका वडा नं ५ घर भई हाल का.जि बानेश्वर बस्ने वर्ष २२ को आकाश खड्का ,जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं ११ घर भई हाल काठमाडौ माछापोखरी बस्ने वर्ष २० को उमेश शर्मा ,जिल्ला जुम्ला, तिला गाउपालिका वडा नं २ घर भई हाल का.जि बालाजु वर्ष २२ को मिन रावल रहेका छन।

काठमाडौ महानगरपालिका वडा नमबर १० स्थित रत्नराज्य माध्यामिक विध्यालयमा नयाँबानेश्वरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंद्वारा प्रकाशित बिज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा सक्कली प्रबेशपत्रमा नक्कली फोटो टासी परीक्षा दिई रहेका अवस्थामा ६ जनालाइ प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले उनिहरुको साथबाट नागरिकताको प्रतिलिपीहरु पनि बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरुलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान भईरहेको काठमाडौ जिल्ला प्रहरी परिसरका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।