काठमाडौं — हामी धराने काठमाडौंले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अथितिको रुपमा समाजसेवी डा. छत्र अमात्य, विशेष अतिथि मीन बहादुर विश्वाकर्मा (पूर्व वाणिज्य मन्त्री), प्रतिनिध सभा सदस्य अशोक कुमार राई, अथितिको रुपमा युवा समाजसेवी एवं धरान एकता समाजका संरक्षक संदिप श्रेष्ठ, अग्रज महिला समाजसेवी सरला कायष्ठ, नेपाल पत्रकार महासंघ काठमाडौंका सह सचिव ईशा अधिकारी क्षेत्री, ई.दिपक श्रेष्ठ तथा सुवास ढकाल लगायतको उपस्थिती थियो । शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. छत्र अमात्यले धरानको विकासका लागि आफूलाई सधै चिन्ता हुने र आफूले सकेको क्षेत्रमा सधै सक्रिय हुने बताउनु भयो । कार्यक्रममा अतिथि विशेष अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा अतिथिहरुले धरानको विकास र समृद्धिमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । नयाँ वर्ष सबैको फलदायि बनोस् भन्दै गणतन्त्रलाई अझ बलियो बनाउदै मुलुककै समृद्धि र विकासमा एक हुनुपर्ने वक्ताहरुले बताएका थिए । वक्ताहरुले अहिले राजा ल्याउने नाममा मुलुकमा हिलो छयाप्ने तिर केही तत्वहरु लागेका हुनाले यस तर्फ आम नागरिक सचेत हुनुपर्नेमा जोड दिएका थिए । 


आफैमा धार्मिक, सामाजिक र भौगोलिक रुपमा विशिष्ट पहिचान बोकेको धरानको सभ्यतालाई जोगाउन उत्तिकै चुनौति भएको कुरा पनि वक्ताहरुले उल्लेख गरेका थिए । धरानमा पिउने पानीको काकाकुल भएको कुरा पनि वक्तहरुले कार्यक्रममा चिन्ता व्यक्त गरेका थिए । केही दिन अघि मात्र धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटमा धरानको खानेपानी समस्याको सन्दर्भमा आगामी राष्ट्रिय बजेटमा बजेट विनियोजन गरिने सन्दर्भमा दिइएको आश्वासन विगतको जस्तो नहोस भन्दै संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तीनै तहका सरकार मिलेर खानेपानीको व्यवस्थापन गर्न हामी घराने, काठमाडौँ परिवारको तर्फबाट अपिलसमेत गरिएको थियो । कार्यक्रम सञ्चालन हामी धराने काठमाडौंका सचिव विनोद श्रेष्ठ तखाछेंले गरेका थिए । कार्यक्रममा अग्रज समाजसेवी सरला कायष्ठलाई सम्मान पनि गरिएको थियो ।