।

प्रहरी बृत बौद्धको टोलिले प्रतिबन्धित रसायन सहित २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा  संचालक भारत महाराष्ट्र, साङ्ली खानापुर स्थायी वतन भई हाल काठमाडौ महानगरपालिका ६ बौद्ध फुलबारी बस्ने बर्ष ३२ को सागर भिकु झुरे र सोही ठेगाना बस्ने बर्ष २१ को धिरज सालुङ्के रहेका छन।
काठमाडौ जिल्ला वडा नम्बर ६ बौद्ध फुलबारी स्थितमा संचालित खण्डुगा रिफाइनरीमा Cadmium नामक घातक रसायनको प्रयोग गरी धातुका गरगहनामा मिसावट गर्ने र अबैध रुपमा कारोबार समेत गर्ने गरेको भन्ने सुचनाको आधारमा प्रहरी वृत बौद्वबाट खटिएको थियो।

प्रहरी टोलीले उक्त  खण्डुगा रिफाइनरी पसलमा खानतलासी गर्दा Cadmium जस्तो देखिने पदार्थ २ के.जि. ८ सय ३२ ग्राम बरामद  गरेको थियो। बरामद पदार्थ सहित पक्राउ परेका ब्यक्तिहरुलाई  घातक रसाईनिक पदार्थ  ऐन २०७९ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ को म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।