सुनसरी- सुनसरी प्रहरीले सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध सहित १३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको रामधुनी- ५ का २० वर्षीय करण चौधरी,  ईटहरी-४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका-५ का ४२ वर्षीय प्रेम कुमार राई, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा-६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठ, सुनसरी धरान- ८ का २९ वर्षीय सरोज विश्कर्मा, सोही स्थानका ३४ वर्षीय  किशोरको मादेन रहेका छ्न।

 त्यसैगरी सुनसरीको कोशी गाँउपालिका-१ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरी धरान उप-महानगरपालिका-१० का २७  वर्षीय निरन श्रेष्ठलाई ब्राउन सुगर ३१.९६ ग्राम सहित नियन्त्रणमा लिएको छ ।

 त्यसैगरी प्रहरीले सुनसरी धरान  उप-महानगरपालिका-११ स्थितबाट अस्थायी प्रहरी चौकी रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउन सुगर  ५३० मिलिग्राम र प्रतिबन्धित औषधी ट्रामोल-४० क्याप्सुल, कोलिवन-३० ट्याब्लेट सहित पक्राउ गरेको छ । 
लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिनु भयो।