जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा  जिल्ला पर्सा जिराभवानी गाउपालिका वडा नम्बर ५ हरैया निवासी बर्ष २५ का दिलिप प्रसाद राय, पर्सा जिल्ला जिराभवानी गाउपालिका वडा नम्बर ५ हरैया निवासी बर्ष २२ का राजबिध्या प्रसाद खाँ थारु रहेकाछन।

 जिल्ला पर्सा जिराभवानी गाउपालिका वडा नम्बर ३ नौका टोल स्थित हुलाकी  सडकखण्डमा यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो। 

 सुवर्णपुरबाट वीरगञ्जतर्फ आउदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकलमा सवार निम्न नामथर वतनका व्यक्तिहरूलाई रोकी कानूनी रित पुर्‍याइ खानतलासी गर्दा जिल्ला पर्सा जिराभवानी गा.पा वडा नं. ५ हरैया टोल बस्ने  दिलिप प्रसाद राय र सोही स्थान बस्ने राजबिध्या प्रसाद खाँ थारुले चामलको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध NITRAZEPAM- ८८६ बरामद गरेको थियो।

 बरामद लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिइ निजहरु विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-५ म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता सुबास भट्टले जानकारी दिनु भयो  ।