जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ नयाँवस्ति स्थित ब्रमादेवी सामुदायीक बन भित्र रुपाचुरीबाट नयाँ बस्ति तर्फ लागु औषध गाँजाको भारी बोकि पैदल आउँदै गरेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको थियो। 

प्रहरी टोलीले सोही स्थानबाट लागु औषध गाँजाको भारी बोकी हिडिरहेको अवस्थामा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरी बस्ने बर्ष ५० को बाबुराम मुक्तानलाई ५२ किलो लागुऔषध गांजा सहित फेला पारेको हो । 

 लागू औषध सहित बाबुराम मोक्तानलाई नियन्त्रणमा लिई लागु औषध कसुर मुद्धामा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।