काठमाडौं - सरकारको गुण्डागर्दी शैलिले स्थानियहरु मर्नु न बाच्नुअवस्थामा पुर्याएका छ।
सितापाइला धार्के सडक खण्ड निर्माण गर्ने क्रममा सरकारले स्थानियहरुको ब्यक्तिगत जग्गा गुण्डागर्दी शैलिमा बिना मुआब्जा कब्जा गरि सडक बिस्तार गर्दा सर्वसाधरणहरु मारमा परेका छ्न।
ब्यक्तिले दुख मेहनत गरि जोडेको जग्गामा जग्गा धनीलाई थाहा पत्तो नदि साढे ३ रोपनी जग्गामा १६ मिटरको सडक निर्माण भएको थाहा पाए पछि त्यो बिचरा जग्गा धनी को हालत के भयो होला त्यो कुराको अनुमान त तपाईं हामी जो कोहिले पनि अनुमान लगाउन सकिन्छ।
काठमाडौ निवासि बिमला महर्जन मानन्धर हुन जस्को उक्त स्थानको कित्ता नम्बर १२० को ४ रोपनी जग्गा ४ आना मात्र बाकि रहने गरि अरु जग्गामा सडक बिस्तार भएको थाहा पाए पछि आफ्नो जग्गामा बनेको बाटो रहेको स्थानमा पुगेर पत्रकार सम्मेलन गरि सरकारको चर्को बिरोध गर्नुका साथै चाडो भन्दा चाडो आफुलाइ न्याय दिनु पर्ने, अन्यथा मर्नु बाहेको बिकल्प नभएको बताउछिन ।
बिकासको नाउँमा सरकारले सङ्गै रहेको सरकारको सार्वजनिक जग्गालाइ नछोएर ब्यक्तिले पैसा तिरेर सरकारलाइ कर बुझाउँदै आएको जग्गामा बिना सुचना ,बिना मुआब्जा राष्ट्रीय राजजमार्गको नाउमा सडक बिस्तार गर्नु सरकारले गरेको लुटतन्त्रको पराकाष्ट हो भन्दा पनि फरक नपर्ला।
सरकारको यो रवैयाले धार्के नगरपालिका धुनबेसी ५ का अरु स्थानियहरु पनि पिडित भएको बताउछ्न्।
धुनबेसि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई भने पिडितलाइ सहयोग गर्नुको साटो २०७० सालमा भएको सडक बिस्तारको अहिले बिरोध गर्नको कुनै औचित्य नभएको जिकिर गरेका छ्न्।
जनताले नियमपुर्वक खरिद गरेको जग्गा बाटो बिस्तारको नाममा जग्गा धनिलाइ आधिकारी रुपमा जानकारी दिन पर्नेकी नपर्ने अधिग्रहन गरेको जग्गाको उचित मुआब्जा दिन पर्नेकी नपर्ने भन्ने प्रश्नको जवाफ सरकारले पिडितहरुलाइ दिन पर्ने होलानी ?


1 comment
धर्म नारायण महर्जन शुक्रबार, ५ वैशाख, २०८२
खाते भातमारा कुकुर चोर सरकार जनताप्रति उत्तरदायी जिम्मेवारी बहन गर्न नसक्ने ज्यानमारा अत्याचार गुण्डागर्दी काे साथ दिने नाईके ले उचित न्याय दिलाई उसको हक अधिकार सुनिश्चित गराई क्षतिपूर्ति उपलब्ध गराई दिनु पर्यो।