काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अबैध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा  विभिन्न सुन रिफाइनिङ्ग एण्ड टन्च सेन्टरहरुमा छापा मारेको थियो।प्रहरीले उक्त स्थानहरुबाट ९ जना भारतीय नागरिकहरुलाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र घर भई हाल गोकर्णेश्‍वर नगरपालिका ५ जोरपाटी बस्ने बर्ष ३० को नबनाथ बाकु कसीद, भारत महाराष्ट्र घर भई हाल गोकर्णेश्‍वर  ५ जोरपाटी बस्ने बर्ष २० को सन्दिप पोपट हजारे, भारत महाराष्ट्र घर भई हाल काठमाडौ चावहिल बस्ने बर्ष २२ को अन्सार दिलावर  सिकल्गार,भारत महाराष्ट्र घर भई हाल काठमाडौको चावहिल बस्ने बर्ष १८ को सुरज राजेश मदने,  भारत महाराष्ट्र घर भई काठमाडौ बुढानिलकण्ठ नगरपालिका १२ बस्ने बर्ष २१ को अरमान हनिफ ईनामदाय, भारत महाराष्ट्र घर भई काठमाडौ बुढानिलकण्ठ न.पा. १२ बस्ने बर्ष २२ को मनोज सुभाष सकट,  भारत महाराष्ट्र घर भई हाल काठमाडौ ७ बस्ने वर्ष ३८ को अमोल कुमार गोस्ले, भारत महाराष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने बर्ष २० को सुनिल मिटकरी, भारत महाराष्ट्र घर भई हाल काठमाडौको चावहिल बस्ने वर्ष २० को सुरज नन्दीवाली रहेका छन।

प्रहरीले छापामा मारेको ठाउबाट १ करोड ७० लाख रुपैया बराबरको सुनको गहना र ३०  लाख ९ हजार रुपैया बराबरको चादी बरामद गरेको थियो।

परिमाणमा बिल बिजक बिनाको सुन  चाँदी  र नगद सहित पक्राउ परेकाहरु माथी थप अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग,हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी परिसरकाठमाडौंका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।