काठमाडौं - काठमाडौंको तीनकुनेस्थित निजी घरमा आगो लगाउने व्यक्तिहरू दुर्गा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही पक्राउ परेका छन् ।

उनीहरू दुवै जना दुर्गा प्रसाईंको फौजमा कार्यरत रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उनीहरूले अनवरत तत्पर फौज (एटिएफ) नामको फौज बनाएका थिए। जसमा गौतम प्रवक्ताको जिम्मेवारीमा छन्। शाही भने एटिएफमा सदस्य हुन्।

प्रहरीले पछिल्लो समय ८२ जनालाई पक्राउ गरी राज्यविरूद्धको कसुर, आपरा'धिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। तीमध्ये नै तीनकुनेको घरमा आगजनी गर्ने दुई जनाको पहिचान भएको हो। आगजनी गरेको भिडिओ फेला परेको पनि प्रहरीको भनाइ छ । जुन भिडियो आज सामाजिक संजालमा भाईरल भैइरहेको छ ।