काठमाडौं- जाजरकोटमा फेरि भूकम्प गएको छ ।
सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४. १ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि मंगलबार बिहान ४ बजेर ५३ मिनेट जाँदा फेरि अर्को भूकम्प गएको हाे ।
बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४. ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


0 comment