काठमाडौं- वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न विवादले झडपको रुप लिएको छ । दुई समुदायबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ।
वीरगञ्जको छप्कैया चोकमा शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो। घटनापछि सुरक्षाको दृष्टिले प्रहरीले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ।
प्रहरीका अनुसार झडपको क्रममा केही पसल र मोटरसाइकलमा आगजनी गरिएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
झडपको कारण खुल्न नसके पनि शोभायात्राका क्रममा आपसी भनाभनपछि स्थिति बिग्रिएको बताइएको छ। अहिले क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। स्थिति नियन्त्रणमा लिन थप सुरक्षा बल खटाइएको जनाइएको छ।


0 comment