काठमाडौं - नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजयप्रसाद मिश्र विजयी हुने लगभग निश्चित भएको छ ।  गन्न बाँकी मतभन्दा उनको मतान्तर धेरै रहेको जनाइएको छ ।

अब गन्न बाँकी पुनरावेदन अदालत पाटन  र ललितपुर जिल्लाको गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।  मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।

मिश्र कांग्रेस-एमाले गठबन्धनबाट अध्यक्षमा उठेका हुन् भने माओवादी-रास्वपा लगायत दलको तर्फबाट  रमन श्रेष्ठ प्रतिस्पर्धामा छन् । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो ।