काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले अहिले काठमाडौंमा खबरदारी सभा गर्दैछ। संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले आज बल्खुमा जुलुससहित सभा गर्न लागेको हो।
गत चैत १५ गतेको राजावादीको प्रदर्शनले झस्किएको सरकारले राप्रपालाई बल्खुमा सभा गर्न अनुमति दिएको हो। राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजेको थियो । कार्यक्रमलाई शान्तिपूर्ण बनाउन राप्रपाले आह्वान समेत गरेको छ।
खबरदारी सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ।
राप्रपाले आज गर्ने प्रदर्शनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । यही १५ चैतमा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको हो । अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


0 comment