काठमाडौं - तनहुँको डुम्रे- बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन् । 

डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका-१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो । 

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ ।

घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।