काठमाडौं - पाँचथरको कुम्मायकमा डढेलोमा परि गम्भीर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको छ ।
उनको उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटा स्थित भेडेटार नजिक पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरी निरीक्षक विनालाल साहका अनुसनर कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी बनमा लागेको डढेलोमा पर्दा घाइते भएका स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फ र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारार्थ धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।


0 comment