काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङलाई अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार घिसिङलाई अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो।
यससँगै प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले निरन्तर रूपमा काम गर्न पाउने भएका छन्। तर यो मुद्दाले अग्राधिकार पाउने भएको छ।


0 comment