काठमाडौं - राप्रपा सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
पोस्टकोभिडका कारण घाँटीमा क्यान्सर भएका बोहराको ७४ वर्षको उमेरमा मंगलबार बिहान ११ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको थियो ।
बोहरा भाषण नगरेरै चुनाव जितेका नेता हुन्। २०७९ सालको संघीय चुनावमा बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए ।


0 comment