काठमाडौं - उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ६ स्थित असारे, मुर्तिखोलाको किनारमा शनिवार करिब बेलुकी ५ बजे अन्दाजी ८९१ केजी ४२३ ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यलय उदयपुर, शसस्त्र प्रहरी बेस क्याम डुड्खोला, ईलाका प्रहरी कार्यलय रामपुर र राष्ट्रिय अनुसन्धानको टोलिले गोप्य सूचनाको आधारमा मूर्तिखोलाको किनारमा बेवारिसे अवस्थामा ठूलो परिमाणको गाँजा लुकाई राखेको स्थान बाट  बरामद गरेको हो।

यस लागूपदार्थ ओसारपसारमा संलग्न व्यक्तिबारे पुष्टि नभइसकेको र खोजी तथा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। यस अघि पनि बेलकाबाट पटकपटक कानुनी रुपमा अवैध मानिने लागुऔषध गाँजा बरामद हुँदै आइरहेको छ।