काठमाडौं — गैर सरकारी संस्था महासंघ नेपालको संयोजनमा राजतन्त्र व्यूताउने वाहानामा मच्चाइएको हिंसा अराजकताको विरुद्धमा नागरिक समाजले भत्र्सना गरेको छ । समाजले यो मुलुकमा गणतन्त्रले जति अधिकार नागरिकलाई दिएको राजतन्त्रले नदिएका इतिहास उल्लेख गर्दै कुनैपनि वाहानमा नागरिकमाथिको धरपकट स्वीकार्य नहुने जनाएको छ । काठमाडौँको माइतीघर मण्डलामा भएको धर्नामा समाजले अराजकता र हिंसाको कडाको बिरोध र भत्सर्ना गरेको छ । चैत्र १५ गतेको हिंसा, पत्रकारको हत्या, सञ्चार संस्था लगायत नीजि सम्पति र यातायातका साधनको तोडफोडको सम्पूर्ण जिम्मा पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने नागारिक समाजको ठहर छ ।

उदण्डता र अराजकतमा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने माग नागरिक समाजको रहेको जनाइएको छ । जनआन्दोलन जनताको बलिदान र संघर्षपछि प्राप्त लोकतन्त्र र गणतन्त्रलाई थप सबल बनाउन साथै मानव अधिकार र शान्तिका लागि मानवाधिकारकर्मी, नागरिक अगुवा, नागरिक संघ संस्थाका प्रतिनिधिको अपिल रहेको छ ।  


साथै, ⁠सुशासन कायम गर्न, ⁠संविधानको कार्यान्वयन गर्न, कानुनी शासनको पालना गर्न,  ⁠दण्डहीनताको अन्त्य गर्न, ⁠भ्रष्टाचारको अन्त्य गर्न र राजनीतिक दलहरुले विगतमा गरेका प्रतिबद्धता पूरा गर्न पनि नागरिक समाजको माग छ । 
गैर सरकारी संस्था महासंघको आयोजनामा देशव्यापी रुपमा खबरदारी सभा र कार्यक्रमहरु आयोजना भइरहेको नागरिक समाजका अगुवा किरण थापाले बताएका छन ।