काठमाडौं - साताको अन्तिम दिन नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२. ८१ अङ्कले घटेर २४८६. ७६ बिन्दुमा कायम भएको छ ।

आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

एनएलजीको १७ करोड ७३ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । आज सीइडिबी हाइड्रोको १४ करोड १५ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९. ८५ प्रतिशतका दरले कमाएका छन् ।