काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कसैको राजनिति जोगाउन आफुलाई प्रतिशोध साधिएको बताउनुभएको छ ।

पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूसँग बोल्दै उहाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको समेत बताउनुभएको छ । पैसा खाएको पनि छैन, डराएको पनि छैन भन्दै लामिछानेले आफु मान्छे बेचेर राजनितिमा आएको नभई बेचिएका मान्छेहरुलाई बचाएर राजनितिमा आएको बताउनुभयो ।

साथै अनुसन्धानमा सहयोग गर्ने भन्नुहुदै बर्षौदेखि राजनिति गरेको दलहरु एक्लै मानिससंग र नयाँ आउदै गरेको दलहरुसंग डराएको नसुहाएको समेत उल्लेख गर्नुभयो  । 
प्रहरीको अनुसन्धानले दोषी देखिएन भन्छ म प्रमाण माग्छु प्रमाण आउदैन ।यो ट्रायल किन गरिएको छ आफुले बुझ्न नसकेको समेत उल्लेख गर्नुभयो । 

सरकारले केही नभने पनि निर्धक्क हुने अवस्था नभएको लामिछानेको भनाई छ । लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा समेत गर्नुभयो ।

त्यस बखत चीनमा गएका आफ्ना नेताहरु स्वदेश फर्कने  जानकारी समेत  दिनुभयो ।