काठमाडौं - गण्डकीमा मन्त्रिपरिषद विस्तार गरिएको छ।
एमालेका ४ जना नयाँ मन्त्रीहरुको नियुक्तिसँगै नयाँ गण्डकी प्रदेशको मन्त्रिपरिषद ९ सदस्यीय बनेको छ ।
एमालेबाट पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको छ ।
केन्द्रीय नेतृत्वले सहमति गरेको २ महिनापछि एमाले ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।
एमालेका तर्फबाट अर्यालसहित पर्वतका कृष्ण पाठक, पर्वतकै मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् ।
पद्मा जिसी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्नु भएको छ ।
यसैगरी, एमालेका केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन भने भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि, सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।
नव नियुक्त मन्त्रीहरुको अहिले शपथ ग्रहण भएको छ ।
0 comment