काठमाडौं -  सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष भाद्र १० गते मनाइने भएको छ ।  यसपाली गौरा पुजन भाद्र कृष्णपक्षमा परेको अठोला पञ्चाङ्गले जारी विज्ञप्तिमा जनाइएको छ । 

कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।

अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठि तिथी, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइने गरिन्छ । 

भदौ ११ गतेपछि आआफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ ।