काठमाडौं - नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दैछ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिन थालेपछि बैंकले एक सूचना जारी गर्दै आज एक खर्ब रुपैयाँ निक्षेप सङ्कलनको लागि बोलकबोल हुने जनाएको हो ।

२१ दिनको लागि निक्षेप सङ्कलन उपकरण बोलकबोल तथा निष्काशन गर्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म प्रस्ताव पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

आज लिएको साँवा तथा ब्याज भुक्तानी भदौ २३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।