काठमाडौं - कलेजले आफूहरुलाई टर्चर दिएको भन्दै स्थानान्तरणको मागसहित विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । पटक-पटक चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयको ध्यानाकर्षण गराउँदा पनि स्थानान्तरण नगरिएको भन्दै विद्यार्थीहरुले दबाबस्वरुप प्रदर्शन गरेका हुन् ।
एमबीबीएस प्रथम वर्षमा अध्ययनरत १० विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक र आफूहरुमाथि सुरक्षा खतरा रहेको भन्दै स्थानान्तरणको माग गरेका हुन् ।
एक पीडित विद्यार्थीले भने,'पटकपटक सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन । बाध्य भएर आन्दोलनमा उत्रिएका छौं ।'
आन्दोलन गरेका विद्यार्थी र अभिभावकलाई नेता बन्न खोज्ने भन्दै उल्टै कलेजबाट धम्की आइरहेको छ । यसरी असुरक्षित भएर पढ्न सक्दैनौं, हामीलाई अन्तै सारियोस् ।'
गत माघ ७ गते स्थानान्तरणका लागि विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन दिएलगत्तै चिकित्सा शिक्षा आयोगमा पनि निवेदन दिएका थिए । गत पुस पहिलो सातादेखि नोबेलमा एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ ।
0 comment