काठमाडौं - सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व धुमधामका साथ मनाइँदै छ ।
ओल्के संक्रान्ति सुदूरपश्चिमको पहाडी जिल्लाहरु र प्रदेश भरी नै धुमधामसँग मनाइने गरिन्छ ।
साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।
आज मीठो मसिनो खाना खाने चलन रहेको छ भने बाबियोको पिङ खेल्ने चलनसमेत रहेको छ ।
कर्कलो, हरियो सागपात र सेल रोटी बनाएर आफन्तलाई बाँड्ने प्रचलन पनि यो पर्वमा छ।
ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको जानकारहरु बताउँछन ।।
0 comment