काठमाडौं - भारतको मेघालयमा चार जना नेपाली मजदुरको क्रूर हत्या भएको छ। 

उनीहरूको घाँटी रेटेर हत्या गरेको अवस्था प्रहरीले फेला पारेको हो। मेघालयको इस्ट जैन्तिया हिल्ल जिल्लाको उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो।

प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान भने खुल्न नसकेको प्रहरी अधिकारी गिरी प्रसादले बताएका छन्। गिरीका अनुसार उनीहरूको हात बाँधिएर शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ।

उनीहरूको शवलाई पोस्टमार्टमका लागि शिभिल अस्पतालमा लगिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको त्यहाँ प्रहरीले जानकारी दिएको छ।