काठमाडौं - आज सेयर बजार परिसुचक नेप्से १५.४६ अंकले बढेको छ। अघिल्लो दिन बुधबार ३.७९ अंकले बढेको नेप्से आज १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा पुगेको हो। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ०.४९ प्रतिशतले बढेर ३७४.७० विन्दुमा पुगेको छ।
आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपैयाँमा खरिद/बिक्री भए।
नेप्से दोहोरो अंकले बढे पनि आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आँखुखोला जविद्युतको सेयर १० प्रतिशतले बढेको हो। समाज लघुवित्त वित्तिय संस्थाको सेयर ९.२३ प्रतिशतले बढ्यो।
आज डेभलपमेन्ट बैंक समुहको उपसुचक ३.४३ प्रतिशतले बढ्दा होटेल एन्ड टुरिजम, इन्भेष्टमेन्ट र लाईफ इन्स्युरेन्स समुहको उपसुचक १ प्रतिशत बढिले उकालो लाग्यो । मनु एण्ड प्रो र फाइनान्स समूहको उपसुचक सामान्य ओरालो लाग्यो भने बाँकी समुहको उपसुचक सामान्य उकालो लाग्यो ।
आज कारोबारमा आएका १४९ स्टकको मूल्य बढ्दा ९२ वटाको स्टकको मूल्य घट्यो। बाँकी ६ स्टकको मूल्य स्थिर रह्यो।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको आज ३० करोड बढि मूल्यको सेयर कारोबार भयो।


0 comment